उदयपुरको ताप्ली गाउँपालिकामा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा
काठमाडौं।उदयपुरको ताप्ली गाउँपालिका गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच तीब्र प्रतिस्पर्धा भएको छ।जारी मतगणनामा एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष बाबुराम राईले १२२ मतान्तरले अग्रता लिएका छन्।राईले १५७१ मत प्राप्त गरेका छन्। गठबन्धनको तर्फबाट नेकपा(माओवादी केन्द्र)का उम्मेदवार ढुङ्गराज विश्वकर्माले १४९४ मत सहित पछ्याइरहेका छन्।
सुरुवाती मतगणनामा राईले धेरै मतान्तरले अग्रता लिएका थिए।तर पछिल्लो मतगणनामा विश्वकर्माले मतान्तर घटाउँदै लगेका छन्।अब ७७९ मत गणना हुँन बाँकी रहेको छ।उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी धनमाया मगरले अग्रता लिएकी छिन्। उनलाई एमालेकी मानकुमारी थापाले पछ्याइरहेकी छिन्। मगरले २२९८ मत र थापाले १०११ मत प्राप्त गरेकी छिन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment