भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’

डिसी नेपाल
२ जेठ २०७९ १३:५३
264
Shares

भक्तपुर। भक्तपुर नगरपालिकाको मेयरमा करिब नाै गुना मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार प्रजापतिले २९ हजार दुई सय मत पाएका छन्।

उनका निकतट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले तीन हजार तीन सय ५२ मतमा सिमित भए । त्यस्तै, उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९ हजार ६ सय ९५ मत ल्याएर विजयी भएकी छिन्।

उनकी निकट प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७ सय ८४ मत पाएकी छिन्। यो नगरपालिकामा नेमकिपाले क्लिन स्विप (मेयर, उपमेयर, वडा अध्यक्षहरु, सदस्यहरु सबै ) भएको हो। नगरपालिकामा विपक्षीहरूको भने जमानत जफत भएका छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.