डोल्पाको ठुलीभेरीमा कांग्रेसको जीत

डिसी नेपाल
२ जेठ २०७९ १४:१०
124
Shares

डोल्पा। डोल्पा सदरमुकाम रहेकाे ठुलीभेरी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार स्वर्णबहादुर बुढा विजयी भएका छन्। उनले एक हजार दुई सय ८६ मत ल्याएका छन्।

उनका प्रतिद्धन्द्धी नेकपा एसका कर्णबहादु रोकायले नाै सय ४५ भोट ल्याइ पराजित भए। उपप्रमुखमा कांग्रेसकै छिरिङ टोल्मा महतले आठ सय ४८ मत ल्याएर विजय भएका छन्। उनको प्रतिद्धन्द्धी वीरबलकुमार भण्डारीले ६ सय ८६ मत ल्याएर पराजित भएका छन्।

११ वडा रहेको ठुलीभेरीमा वडा नम्वर १ मा कांग्रेसका तेजेन्द्र रोकया, २ मा नेकपा माओवादी केन्द्रका कमल क्षत्री, वडा नम्वरमा ३ मा कांग्रेसका भक्त भण्डारी, वडा नम्वर ४ मा नेकपा एमालेका जुद्धबहादुर बुढा, वडा नम्वर ५ मा कांग्रेसकै भीमबहादुर रोकाय, वडा नम्वर ६ मा माओवादी केन्द्रका तेजेन्द्र कार्की, वडा नम्वर ७ मा एमालेका ध्रुवविक्रम शाही, वडा नम्वर ८ मा नेकपा ( एकीकृत समाजबादी) का मनराज ठकुल्ला, वडा नम्वर ९ मा कांग्रेसकै सुवास कठायत, वडा नम्वर १० मा कांग्रेसका हंसबहादुर महत र वडा नम्वर ११ मा एकीकृत समाजवादीका भद्र कार्की अध्यक्षमा निर्वाचित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.