‘देखिस् कांग्रेस एमाले, जनताले भोट काँ हाले’

डिसी नेपाल
२ जेठ २०७९ १५:५७
9.9k
Shares

काठमाडौं।काठमाडौं महानगरपालिको मेयरमा बालेन साहको अग्रता कायमै छ । उनी अन्य उम्मेदवारभन्दा दोब्बर मतले अघि बढिरहेका छन् । उनको अग्रता कायमै रहेका बेला उनका समर्थक तथा शुभचिन्तकहरूले मतगणनास्थल राष्ट्रियसभा गृहमा भने खुसियाली मनाइरहेका छन् ।

सयौंको संख्यामा उपस्थित समर्थक तथा शुभचिन्तकहरूले बालेनको पक्षमा नारा लगाउनुका साथै हुटिङ गरिरहेका छन् । राष्ट्रिय झण्डासहित जम्मा भएका उनीहरूले एमाले, कांग्रेस लगायतका दलमाथि कटाक्ष गरिरहेका छन् ।

‘देखिस् कांग्रेस एमाले, जनताले भोट काँ हाले’? ‘नेपाली जनताले के भन्छ, बालेन साहलाई ले भन्छ’ जस्ता नारा लगाइरहेका छन् ।यतिमात्र नभएर पछिल्लो समय चर्चामा रहेका सागर, वसन्ते, किस्नेसँग जोडेर पनि नाराबाजी गरेको देखिन्छ । उनीहरूले ुसागर वसन्ते किस्ने, बालेन साहले हो जित्नेु भन्दै नारा लगाएका हुन् ।

मत गणनाको सुरुवाती चरणदेखि नै बालेन साह अग्र स्थानमा थिए । उनलाई नेकपा एमाले उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । बालेन शाह लौरो चुनाव चिन्ह लिएर काठमाडौं महानगरेको मेयर पदका लागि उम्मेदवार बनेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.