रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल र माओवादी केन्द्रका थापा निर्वाचित
भैरहवा। रुपन्देहीको कंचन गाँउपालिको मतदानको अन्तिम परिणाम आएको छ। कञ्चन गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज ढकाल निर्वाचित भएका छन ।
ढकाल ९ हजार ८५ मत प्राप्त गरि गाउँपालिका अध्यक्षमा निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिनानाथ आचार्यले ७ हजार ८ सय ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
त्यस्तै (उपप्रमुख) उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका मौसमी थापा विजयी भएकी छन्। थापा मगर ९ हजार १ सय ९४ मत ल्याइ विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी ओमकली रहाडीले ७ हजार ६ सय ९९ मत प्राप्त गरेकी छिन्।
कंचन गाउपालिकामा २८ हजार ९ सय ७८ मतदाता रहेकोमा २० हजार २ सय ४२ जनाले मताधिकार प्रयोग गरेका थिए।







डिसी नेपाल








Facebook Comment