महाधिवेशनपछि पार्टी आफैँ एकढिक्का भएर अघि बढ्छ : शंकर पोखरेल

डिसी नेपाल
२ पुष २०८२ १५:१७
68
Shares

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी अझै एकढिक्का भएर अघि बढ्ने बताएका छन्।

बुधबार महाधिवेशनस्थल भृकुटिमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले नेतृत्व चयनका क्रममा बिभिन्न समूह देखापरेपनि महाधिवेशनपछि पार्टी अझै एकढिक्का भएर अघि बढ्ने बताएका हुन्।

उनले पार्टीभित्रको नेतृत्वका लागि आन्तरिक प्रतिष्पर्धा हुनु लोकतन्त्रको सुन्दर अभ्यास भएको बताए। राष्ट्रिय राजनीतिमा देखापर्ने चुनौतिको सामना गर्न एमाले सक्षम रहेको उनको भनाइ छ।

एमालेको नेतृत्वमा जो आए पनि राष्ट्रिय राजनीतिका चुनौतिलाई सामना गर्दै मुलुकलाई सहि बाटोमा लिएर जाने कुरामा सफलता प्राप्त गर्ने उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *