बकैयामा गठबन्धनका लामिछाने र खत्री विजयी
हेटाैँडा। मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांगेसका धर्मराज लामिछाने विजयी भएका हुन्।
लामिछानेले ११ हजार २९२ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी सरला बोलखेले ७ हजार ६६ मत प्राप्त गरिन् भने राप्रपाका राम प्रसाद दाहालले ३६९ मत र नेकपा एकिकृत समाजवादीका नारायण प्रसाद तिमल्सिनाले १३२ मत प्राप्त गरेका छन्।
त्यसैगरी, गाउँपालिका उपाध्यक्ष पदमा गठबन्धनबाट नेकपा माओवादीका भक्त बहादुर खत्री विजयी भएका छन्। खत्रीले ९ हजार ५२२ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लाल बहादुर स्याङ्तानले ७ हजार ६५२ मत प्राप्त गरे।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment