ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

डिसी नेपाल
४ जेठ २०७९ ११:४१
276
Shares

काठमाडौं। ललितपुरको बालकुमारीमा गएराती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय युवक रहेका छन्।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका युवकको उपचारको क्रममा आज बिहान ३ बजे बिएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२३ प ०४९१ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका युवकलाई गएराती सवा ९ बजे ठक्कर दिएको थियो। मोटरसाइकल सहित चालकलाई प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.