पोखरा महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

डिसी नेपाल
६ जेठ २०७९ ८:००
100
Shares

पाेखरा। पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।

महानगरको ६४ हजार ११ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २६ हजार ४११ मत प्राप्त गरेमन छन्।

नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २३ हजार २४५ मत प्राप्त गरेका छन्। आचार्यले तीन हजार १६६ मतले अग्रता हासिल गरेका छन्।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट २६ हजार ६४४ मतसहित अघि छन् भने एमालेकी मञ्जुदेवी गुरुङले २६ हजार ५७८ मत प्राप्त गरेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.