ओलीको गृहनगर दमकमा राप्रपा विजयी

डिसी नेपाल
६ जेठ २०७९ ११:१४
384
Shares

झापा। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकामा एमालेले हारेको छ। एमालेले तीन दशकको विरासत गुमाएको छ।

ओलीको गृहनगरमा कांग्रेस, माओवादी र राप्रपाको महागठबन्धनबाट राप्रपाका राम थापा विजयी भएका छन्। उनी तेस्रो प्रयासमा दमक नगरपालिकाको नगर प्रमुख बन्न सफल भएका हुन्। थापाले ०५४ र ०७४ मा पनि प्रयास गरेका थिए । दुईपटक नै उनी एमालेका रोमनाथ ओलीसँग पराजित भएका थिए।

थापा १७ हजार ५२५ मतका साथ विजयी भए। उनले एमालेकी गीता अधिकारीलाई पाँच सय ५९ मतले पराजित गरे। निवर्तमान उपप्रमुखसमेत रहेकी अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरिन्।

उपप्रमुखमा पनि गठबन्धनका तर्फबाट कांग्रेसकी रेगिना भट्टराईले जितेकी छन्। उनले १७ हजार ७२ मत ल्याउँदा एमालेका अम्बिका खनालले १६ हजार ५७४ मत पाए। गठबन्धनमा सामेल माओवादीलाई भने घाटा भएको छ।

पाएको चारवटै वडामा माओवादी पराजित भयो। एमालेले वडामा भने वर्चश्व कायम गरेको छ। दशमध्ये सातवटा वडा एमालेले जितेको छ । कांग्रेसले दुई र राप्रपाले एउटा वडा जितेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.