धनुषाको नगराइन प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले
धनुषा। धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।प्रमुखमा काँग्रेस उम्मेदवार विनयकुमार यादव ५ हजार ५५६ मतसहित निर्वाचित हुनुभएको हो । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामबाबु पञ्जियारले ५ हजार ५१४ मत प्राप्त गरेको निर्वाचन अधिकृत सुदिपकुमार दङ्गालले जानकारी दिए।
यसैगरी उपप्रमुखमा एमालेकी राधादेवी यादव ५ हजार ७३० मतसहित निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रञ्जुकुमारी साहले ५ हजार ५२३ मत प्राप्त गरेकी छिन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment