सिन्धुपाल्चोकका नवनिर्वाचित ११ पालिका प्रमुखले लिए शपथ

डिसी नेपाल
६ जेठ २०७९ १७:२२
40
Shares

चौतारा । सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहमा निर्वाचित ११ नगर/पालिकाका प्रमुखहरूले शपथग्रहण गरेका छन् ।

जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत चन्द्र प्रकाश तिवारीले विजेता प्रमुखहरूलाई सदरमुकाम चौतारामा शपथग्रहण गराएका हुन् ।

स्थानीय तह निर्वाचन २०७९मा सिन्धुपाल्चोकको सबै स्थानीय तहमा निर्वाचित चौतारासागाँचोकगढी , मेलम्ची र बाह्रबिसे नगरपालिकाका प्रमुख त्यस्तै लिसङखुपाखर , हेलम्बु , जुगल , त्रिपुरासुन्दरी , भोटेकोसी , ईन्द्रवती , बलेफी र सुनकोसी गाउँपालिकाका अध्यक्षहरूले शपथ लिएका छन् ।

सिन्धुपाल्चोकमा १२ स्थानीय तह छन् जसमा नेपाली कांग्रेस ५, माओवादी केन्द्र ४ र नेकपा एमाले ३ पालिकाका प्रमुखमा विजयी भएका छन् । एक पालिका अध्यक्ष भने उपस्थित हुन सकेनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.