भरतपुरमा रेनुको मत ३० हजार नजिक
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदका लागी गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३० हजार नजिक मत पुर्याएकी छिन् । यससँगै उनले साढे ५ हजारभन्दा बढीको मतान्तर कायमै राखेकी छन् ।
७६ हजार ९५ मतगणना हुँदासम्म दाहालले २९ हजार ४७८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार ७४५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ३३४ मत पाएका छन् । रेनुले ५ हजार ७३३ मतको अग्रता लिएकी छिन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment