बालेनको मत ३५ हजार माथि, मतान्तर १६ हजार नाघ्यो

डिसी नेपाल
७ जेठ २०७९ १७:१६
4.5k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतगणनामा फराकिलो अग्रता कायमै राखेका छन् । पछिल्लो अपडेटअनुसार बालेनले ३५ हजार मत कटाएका छन्। ९६हजार ९४४ मत गन्दा बालेनले ३५ हजार ३७४ मत ल्याएका छन् । स्थापितले १९ हजार २४८ र कांग्रेसकी सिर्जना सिंहले १९ हजार ८३ मत ल्याएकी छिन् ।

शनिबार साढे ३ बजेको अपडेटमा स्थापितसँग बालेनको अग्रता १५ हजार २६१ को थियो । तर साँझ ५ बजेको अपडेटसम्म बालेनले यो मतान्तर बढाएर १६ हजार १२६ मा पुर्‍याएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.