अर्घाखाँचीमा टोपबहादुरको देनः जिल्ला समन्वय समितिमा एमालेको स्पष्ट बहुमत

डिसी नेपाल
७ जेठ २०७९ २३:५९
1.2k
Shares

अर्घाखाँची । नेकपा(एमाले)का सचिव टोपबहादुर रायमाझी स्थानीय निकायको निर्वाचन घोषणा भएसँगै प्रायजसो गृह जिल्ला अर्घाखाँचीमै ब्यस्त देखिन्थे । पहिले माओवादी हुँदाको साख जोगाउन उनलाई ठूलै चुनौती खडा भएको चर्चा हुने गर्दथ्यो । माओवादीमा रहदा निरन्तर संसदिय चुनावमा अत्याधिक मतले निर्वाचित हुने टोपबहादुर एमालेमा रहेसँगै अनेकौं चर्चा परिचर्चा नभएका होइनन् । कतिपयले उनलाई मन्त्रीको लागि एमाले बनेको भन्दै अवसरवादीको आरोप समेत लगाउँदै उनको अर्घाखाँचीमा वर्चस्व नरहेको आक्षेप लगाए । तथापी यसपालीको स्थानीय निर्वाचनमा उनले आफ्नो विरासत मात्रै जोगाएनन् एमालेलाई अर्घाखाँचीमा पहिलो शक्तिको रुपमा स्थापित गरि छाडे ।

स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि अर्घाखाँचीबाट ६ प्रमुख र ६ उपप्रमुख छन् । ६ स्थानीय तहहरुको नतिजा सार्वजनिक हुँदा जिल्ला समन्वय समिति निर्माणको लागि नेकपा एमालेको स्पस्ट बहुमत देखिएको हो । एमालेले ६ स्थानीय तहमध्ये तीन पालिकामा प्रमुख र उपप्रमुख हात पारेको छ भने थप दुई पालिकामा उपप्रमुख जितेको छ ।सात जना मतदाता भए बहुमत पुग्नेमा एमालेले मात्रै ३ प्रमुख र ५ उपप्रमुख जितिसकेको छ । सन्धिखर्क नगरपालिकासहित पाणिनी गाउँपालिका र मालारानी गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको एमालेले शितगंगा र छत्रदेवमा उपप्रमुख जितेको छ ।

काँग्रेसले १ प्रमुख र १ उपप्रमुख जितेको छ भने जनमोर्चाले एक प्रमुख र माओवादी केन्द्रले एक उपप्रमुख जितेको छ । जिल्ला समन्वय समितिका लागि स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यले उम्मेदवारी दिन पाउछन् । मत भने स्थानीय तह प्रमुख र उपप्रमुखले मात्रै दिन पाउने व्यवस्था छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.