इटहरीको मेयरमा कांग्रेसका पाैडेल र उपमेयरमा एमालेकी चाैधरी निर्वाचित
काठमाडौं। सुनसरीकाे इटहरी उपमहानगरपालिका मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित भएका छन्।
उनी एमालेका यामकुमार चुङ्गवाङ सुब्बालाई ५ हजार १८ मतान्तरले हराएर मेयर बनेका हुन्।
पौडेलले ३३ हजार ४९ मत ल्याउँदा सुब्बाले २८ हजार ३१ मत पाए। राप्रपाकाे आकाश लिम्बुले ३ हजार ९ सय ८ मत पाए। उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी विजयी भएकी छन् ।
सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई हराउँदै चौधरी उपमेयरमा निर्वाचित भएकी हुन्। चाैधरीले ३२ हजार ४ सय ३६ मत पाउँदा विष्टले १८ हजार ३१ मत पाए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment