महागढीमाई नगरपालिकामा कांग्रेस विजयी

डिसी नेपाल
८ जेठ २०७९ ७:२२
20
Shares

बारा।  बाराको महागढीमाई नगरपालिकामा कांग्रेस विजयी भएकाे छ। मेयरमा कांग्रेसका उपेन्द्रप्रसाद यादव र उपमेयरमा तारादेवी कानु विजयी भएका हुन्।

यादव ८ हजार ६ सय ७० सहित मेयरमा विजयी हुँदा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार रामबाबुप्रसाद यादवले ७ हजार ३ सय ७६ मत ल्याए।

उपमेयरमा निर्वाचित कानुले ७ हजार ९ सय ९७ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार पुष्पान्जली देवीले ७ हजार १० मत ल्याएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.