व्यास नगरपनलिका अपडेटः प्रमुख र उपप्रमुख दुबैमा कांग्रेसको अग्रता

डिसी नेपाल
८ जेठ २०७९ १३:०४
468
Shares

काठमाडौं। व्यासनगरपालिकामा बुधबार साँझदेखि थालिएको मतगणना हालसम्म जारी छ । कूल खसेको तीस हजार २४७ मतमध्ये चौबिस हजार १८७ मतगणना भएको छ । मत गणनामा शनिबार दिउँसोसम्म स्वतन्त्र उम्मेदवारले अग्रता कायम गर्दै आए पनि साँझदेखि नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ ।

आइतबार बिहानसम्मको मतपरिणाम अनुसार कांग्रेसका बैकुण्ठ न्यौपानेले नौ हजार ८२२ र स्वतन्त्र उम्मेदवार दीपकराज जोशी नौ हजार ६०६ मत प्राप्त गरेका छन्। कांग्रेस २१७ मतले अग्रस्थानमा रहेको छ ।

त्यसैगरी उपप्रमुखमा कांग्रेसकी इन्दिरा दरैले दश हजार ९१३ र एमालेकी बसुन्धरा घर्तीले आठ हजार तीन सय सात मत पाएकी छिन् । चौध वटा वडा रहेको यस नगरपालिकामा अब कूल छ हजार ६० मतगणना गर्न बाँकी छ । सोमबार बिहानसम्म सबै नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.