काठमाडौं महानगरः ७ नम्वर वडामा कांग्रेस विजयी,१४ वडाको नतिजा सार्वजनिक
काठमाडौँ। महानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका विमलकुमार होडा निर्वाचित भएका छन् होडाले नेकपा (एमाले) का उम्मेदवार कृष्णमणि भट्टराईसँग ५२ मतान्तरले विजय भएका हुन्।
होडाले दुई हजार ८६७ मत प्राप्त गर्दा एमालेका भट्टराईले दुई हजार ८१६ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यमा कांग्रेसका उज्ज्वल अर्याल र सुरेश शाही निर्वाचित भएका छन्। महिला सदस्यतर्फ कांग्रेसका रुपा थापाले जित हासिल गरेकी छिन् भने दलित महिला सदस्यमा कांग्रेसकै कल्पना सुन्दास विजय भएकी छिन्।
हालसम्म कामपा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ९, १०, ११, १२, २२, २३, २४, २५, २६ को मतगणना कार्य जारी छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment