पोखरा महानगर अपडेट : धनराजलाई पछ्याउँदै थापा

डिसी नेपाल
८ जेठ २०७९ १३:४८
1.1k
Shares

पोखरा। पोखरा महानगरपालिकाको एक लाख चार हजार २१२ मतगणना हुँदा गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिइरहेका छन्।

४१ हजार ७०५ मत ल्याएर अग्रता लिइरहेका आचार्यलाई ३८ हजार ३१० मत ल्याएर एमालेका कृष्ण थापाले पछ्याइरहेका छन्। मेयरका उम्मेदवार राप्रपाका शंकर खरालले ४ हजार ६९० र स्वतन्त्र उममेदवार गनेस पौडेलले २ हजार ६४९ मत पाएका छन्।

यस्तै उपमेयरमा एमालेकी मन्जु गुरुङले ४३ हजार ६१६ मत ल्याएर अग्रता लिँदा कांग्रेसकी कोपीला रानाभाटले ४१ हजार ९२० मतसहित पछ्याइरहेकी छन् । राप्रपाकी रन्जना सेनले ४ हजार ६२९ मत पाएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.