वीरगंज महानगरः प्रमुख र उपप्रमुख दुबैमा गठबन्धनको अग्रता

डिसी नेपाल
८ जेठ २०७९ १५:०४
184
Shares

वीरगंज। पर्साको वीरगंज महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुखमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेमान सिंहले निकटतम प्रतिद्वन्द्वी भन्दा १५ हजार ८९५ मतान्तरले अग्रता लिएका छन्।

वीरगंजमा आज दिउँसो १ः०० बजेसम्मको मतमतगणनाको अद्यावधिक विवरणानुसार सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार राजेशमान सिंहले ३३ हजार ३१५ मतसहित अग्रतालाई निरन्तरता दिएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले १७ हजार ४२० मत प्राप्त गरेका छन्।

यसैगरी उपप्रमुख पदमा पनि गठबन्धनकै उम्मेदवार इम्तियाज आलमले २२ हजार ८१३ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् भने उपप्रमुख पदका उम्मेदवार लोसपाका पुरुषोत्तमलाल झाले पाँच हजार ५४९ मत प्राप्त गरेका छन्।

यहाँ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र(, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)काबीच गठबन्धन गरिएको थियो भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच तालमेल भएको छ ।३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा हालसम्म विभिन्न १५ वटा वडाको मतगणना सम्पन्न भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.