बालेनको मत ४१ हजार नजिक, अग्रता १७ हजार ३ सय माथि

डिसी नेपाल
८ जेठ २०७९ १५:२२
752
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ४१ हजार नजिक पुगेको छ । आइतबार दिउँसो ३ बजेनम्मको गणनामा बालेनले ४० हजार ९२७ मत प्राप्त गरेका छन् ।

उनलाई पच्छ्याइरहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार ५४८ मत प्राप्त गरेकी छिन् । नेकपा एमालेका केशव स्थापितले २२ हजार ६९६ मत पाएका छन् ।

बालेनले सिर्जनासँग १७ हजार ३७९ मत र स्थापितसँग १८ हजार २३१ को अग्रता लिइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.