नेपालको निर्णायकत्व संकटमा परेका बेला नयाँ समझदारीका साथ अघि बढौं : राजेन्द्र लिङ्देन

डिसी नेपाल
२७ मंसिर २०८२ १६:५२
24
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको निर्णायकत्व संकटमा परेका बेला नयाँ समझदारीका साथ अघि बढ्नुपर्ने बताएका छन्।

शनिबार भक्तपुरमा एमालेको महाधिवेशनको उद्घाटनमा शुभकामना मन्तव्य राख्दै लिङ्देनले संविधान ब्युँताएर मुलुकलाई थप दुर्घटनामा लाने भन्द संकटका समाधानका लागि नयाँ समझदारीका साथ अघि बढ्नुपर्ने बताए।

उनले सरकार, दल र पूर्व राजासहित नयाँ समझदारी गरेर देशले जित्ने निर्णय गर्नुपर्नेमा जोड दिए। भाद्र २३ र २४ को घटनामा कसैको उक्साहट हुनसक्ने भन्दै उनले त्यसका साथै २५–३० देखिको निषेधको राजनीति, कुशासन र बेरोजगारी समेत प्रमुख कारण भएको बताए।

उनले मुलुकको वर्तमान अवस्थालाई विश्लेषण गर्दै एमालेले उचित मार्गदिशा तय गर्ने विश्वास व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *