मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी

डिसी नेपाल
९ जेठ २०७९ ६:५३
52
Shares

विराटनगर। मोरङको सुन्दर हरैँचा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै केदारप्रसाद गुरागाईं मेयर र अकली चौधरी उपमेयरमा निर्वाचित भएका हुन्।

गुरागाईँले निवर्तमान मेयरसमेत रहेका कांग्रेसका शिवप्रसाद ढकाललाई हराएका हुन्। गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत पाए। उपमेयरमा चौधरी २२ हजार ४ सय ५२ मतसहित विजयी भएकी हुन्।

निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.