कांग्रेसबाट १२ हजार ४६८ जना जनप्रतिनिधि निर्वाचित

डिसी नेपाल
९ जेठ २०७९ १५:२६
400
Shares

काठमाडौं। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिने १२ हजार ४६८ जना विजयी बनेका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरुमा सबैभन्दा बढी कांग्रेसका उम्मेदवारले जितेका छन्। पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएका हुन्।

आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । ३५ हजार २२१ पदको लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए।

वैशाख ३० गते भएको निर्वाचनमा हालसम्म देशमा कूल ३४ हजार २६९ जना जनप्रतिनिधि निर्वाचित भइसकेका छन् । अब ९५२ जनप्रतिनिधि विजयी भएको घोषणा हुन बाँकी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.