त्रियुगा नगरपालिकामा आजबाट मतगणना सुरु

डिसी नेपाल
१० जेठ २०७९ ११:१७
124
Shares

काठमाडौं।उदयपुरको त्रियुुगा नगरपालिकाको मतगणना आजबाट सुरु भएको छ।मुख्य निर्वाचन अधिकृतको कार्यलय उदयपुरका अनुसार बिहान १०ः३० बजेबाट मतगणना सुरु गरिएको हो।गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरपालिकाको वडा नं १२ को मतदान केन्द्रमा हावाहुरी चलेर स्थागित भएको मतदानको विषयमा विवाद भएको थियो।

लगत्तै उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले जेठ १ गते निर्वाचनको काम नसकिँदै राजीनामा दिएपछि नगरपालिकाको मतगणना थप अन्यौल भएको थियो ।तर निर्वाचन आयोगले रोकिएको मतगणना कार्य सुचारु गर्न भने पछि गणना हुने भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.