आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ 

डिसी नेपाल
१० जेठ २०७९ १७:४३
72
Shares

सुनसरी । आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदी रहेका छन् । उनले ४२ बर्षीया आमा शान्त सुवेदीको हत्या गरेको प्रहरीले जनाएको छ ।

हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई शनिबार दिउँसो सौगातले धारिलो हतियारले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन् ।

उनको बिराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसकी घर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सौगातलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.