लागुऔषधसहित दुई युवक पक्राउ

डिसी नेपाल
११ जेठ २०७९ १२:४८
76
Shares

बारा। बारा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। उनीहरूलाई एक हजार २०० पिस अवैध लागुऔषध इन्जेक्सन (फेनार्गन ४०० पिस, डाइजिपाम ४०० पिस र नुर्फिन ४०० पिससहित दुई जना पक्राउ गरेको प्रहरीले जनाएकाे छ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका- १ भवानीपुर बस्ने वर्ष ४२ को निर्वान मियाँ र वडा नम्बर ६ मदर्शा टोल बस्ने वर्ष ४० को ओसी अहमद रहेका छन्।

कलैया उपमहानगरपालिका- १० मटिअर्वामा रहेको पुरानो चौकीस्थित सडकमा भारतबाट नेपाल तर्फ आउँदै गरेको ना.८ प ७७५५ नम्बरको मोटरसाइकलमा चेकजाच गर्ने क्रममा लुकाइराखेको लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएकाे प्रहरीकाे दाबी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.