कपिलवस्तुमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु
सांकेतिक तस्बिर
कपलिवस्तु। कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ जौबारीमा सोमबार बेलुका ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय महोमद हनिक रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बहादुरगञ्ज स्थित शिबराज अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
पैदल हिडिरहेका उनलाई हिजो बेलुकी ७ बजे ना २ क ८१८ नम्बरको पानी ट्याङकरले ठक्कर दिएको थियो। ट्याङकर सहित चालकलाई ईलाका प्रहरी कार्यालय बहादुरगञ्जले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment