राष्ट्र बैंकले २१ अर्ब ९ करोडबराबरको ट्रेजरी बिल निष्काशन गर्दै

डिसी नेपाल
२२ जेठ २०७९ १०:०१
96
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब ९ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै  ९१ दिन,१८२ दिन र १ वर्षको गरी ३ किसिमको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

बैंकले ९१ दिनको लागि ४ अर्ब २६ करोड, १८२ दिनको लागि १० अर्व  र १ वर्षको लागि ६ अर्व ८३ करोडको ट्रजरी बिल जारी जारी गर्न लागेको हो ।  ९१ दिनको बिल आगामी भाद्र २१ गते र १८० दिने मंसिर २० गते परिपक्व हुनेछ । भने १ बर्षे ट्रजरी बिल २०८० जेठ २३ गते परिपक्व हुनेछ ।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुनेछ। सोमबार हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.