पुँजीबजारमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीसमक्ष लगानीकर्ताको ज्ञापनपत्र

डिसी नेपाल
२२ जेठ २०७९ १४:१४
68
Shares

काठमाडौँ। नेपाल पूँजी बजार लगानीकर्ता संघले सेयर बजारमा देखिएको विभिन्न समस्या समाधानको माग राख्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा आज विहान विभिन्न ४ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाइएका हुन्।

संघले बुझाएको ज्ञापनपत्रमा शेयर धितोमा लगाइएको ४ करोड र १२ करोड रुपैंयाँको क्याप हटाउनुपर्ने, सीसीडी रेसीयोलाई पुनः सीडी मै कायम गर्नुपर्ने, भारित औषध दर १०० नै कायम गरिनुपर्ने, शेयर बजारलाई देशव्यापी विस्तार गर्न सातै प्रदेश र ७७ वटै जिल्लामा रहेका बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने उल्लेख गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.