अंग्रेजी बोल्न खोज्दा चिप्लिएका नेताहरु
काठमाडौं। कसैलेै जानकारी सूचना प्राप्त गर्ने, बिचार आदान-प्रदान गर्न वा एक अर्कामा भाव अभिब्यक्त गर्ने माध्यम भाषा हो। भाषा निश्चित भूगोल अनुरुप फरक फरक हुन्छ।
भाषा आफैंमा पहिचान पनि हो। किनभने यो एकै देश भित्र बिभिन्न समुदायलाई परिचित गराउने आ–आफ्ना मातृ भाषा छन्। नेपालमा सबै मातृ भाषालाई नै राष्ट्रिय भाषाको मान्यता दिइएको छ। नेपालमा बोलीचाली र कार्यालय प्रयोजनको रुपमा प्रायजसो सबैले नेपाली भाषाको नै प्रयोग गर्दछन्।
अन्तर्राष्ट्रिय जगतमा भाषिक समस्याको समाधानका लागि सबैले बुझ्ने र सबै ठाँउमा प्रयोग गरिने भाषा अंग्रेजी हो। यसलाई सबै मुलकहरुमा प्रयोग गरिने भएकाले नै अन्र्तराष्ट्रिय भाषा भन्ने गरिन्छ।
अन्तर्राष्ट्रियस्तर मा बोल्नुपर्दा सबैका आ आफ्ना भाषा हुने र बुझ्न कठिनाइ हुँदा सबैलाई सहज र बुझ्ने अंग्रेजी भाषा नै चलनचल्तीमा रहेको छ। प्राय सबैले यही भाषा नै प्रयोग गर्दछन्।
यही अंग्रेजी भाषा बोल्ने क्रममा नेपालका कतिपय नेताहरु लज्जित हुने गरेका छन्। हालसालै यसको सिकार भर्खरै सभामुख अग्निप्रसाद सापकोटा भएका छन्। उनले यही मंगलबार प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त पत्र सदनमा सुनाउने क्रममा अंग्रेजी भाषामा लेखिएको केही शब्द उच्चारण गर्न हम्मे हम्मे परेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त उक्त पत्रमा कृषि मन्त्री भारतमा सहभागी हुन जाने कार्यक्रमको बारे लेखिएको पत्र वाचन गरेर सुनाउदै गर्दा उक्त कार्यक्रमको नाम लेखिएको अंग्रेजी शब्द उच्चारण गर्न उनलाई असहज भएको देखिन्छ। उनले अत्यन्तै कष्टप्रदरुपमा उक्त शब्द अस्पष्ट उच्चारण गरेका छन्।
यस्तै केही समय पहिले तत्कालस्न मन्त्री गोकर्ण बिष्ट स्विजरल्याण्डको जेनेभामा आयोजित १०७ औं अन्र्तराष्ट्रिय श्रम सम्मेलनमा अंग्रेजी बोल्न खोज्दा हडबडाएको र अशुद्ध उच्चारण गरेको दृश्य सार्वजनिक भएको थियो।
उनले कार्यक्रममा अंग्रेजीमा सम्बोधन गर्ने क्रममा लेखिएको सम्बोधन वाचन गर्ने क्रममा कतिपय शब्दहरु उच्चारण गर्न असहज भएको थियो भने कतिपय शब्द उच्चारण गर्न नै असर्मथ भएका थिए।
पछिल्लो समय सूचना प्रविधिको वृहत्तर विकाससँगैे भाषा अनुवाद गने उपकरणको प्रयोग गरेरसमेत बिचार अभिब्यक्त गर्न सकिने अबस्था रहेको बताइन्छ। तर उनले आफैं अंग्रेजीमा वाचन गरि सम्बोधन गर्ने क्रममा उनको कमजोरी उजागर भएको थियो।
यसले सिंगो नेपालको उपहास हुने स्थिति आएको थियो। मुलुकको प्रतिनिधित्व गरेर गएको विशिष्ट ब्यक्तिले अन्तर्राष्ट्रिय मञ्चमा गरिने यी र यस्ता प्रस्तुतीले समग्र मुलुककै गरिमामै आँच आउँछ।
अन्तर्राष्ट्रिय जगतमा सम्वोधन गर्नुपर्दा चिनियाँहरुले आफ्नै राष्ट्रिय भाषाको प्रयोग गर्ने गर्दछन्। उनीहरु जहिल्यै पनि आफ्नै भाषामा सम्बोधन गर्ने गरेको अन्तर्राष्ट्रिय मान्यता छ।
तर नेपालका नेताहरुले अङग्रेजी भाषाको माध्यमबाट बिचार ब्यक्त गर्न खोज्दा चिप्लिएका थुप्रै इतिहास छन् । पञ्चायतकालका मन्त्रीहरु विदेश भ्रमणमा जादा घटेका अनेकौ खिस्सा आजपर्यन्त सुनिन्छ।
यस्तै माओवादी नेता तथा पूर्व मन्त्री मातृका यादव पनि अंग्रेजी बोल्न खोज्दा चिप्लिएका थिए। उनले बोल्दा बोल्दै असहज भइ आधा नेपाली र आधा अङग्रेजी बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
उनी पनि मन्त्री छदा लगानी सम्मेलनमा बिष्टले जस्तै अंग्रेजीमै मन्तब्य राख्न तम्सिए तर सकेनन् अनि आधा अंग्रेजी र आधा नेपालीमा मन्तव्य दिइरहँदा दर्शकदीर्घामा हासोका फोहोरा छुटेको थियो। त्यतिबेला यादव उद्योग मन्त्री थिए। उनको उक्त अङग्रेजी भाषण पनि चौतर्फी चर्चा र खिसीटेउरी गर्ने माध्यम भएको थियो।
भाषा बुझ्न र बुझाउनको लागि प्रयोग गरिने माध्यम हो। राष्ट्रिय अन्र्तर्राष्ट्रिय सभा सम्मेलनमा मुलुकको प्रतिनिधित्व गर्दै सहभागी भएका विशिष्ट व्यक्तिबाट भाषाको निपुणता बिना सकी नसकी अभिब्यक्ति दिन तम्सिँदा आफूसँगै मुलुकको पनि उपहास हुने गर्दछ।
अहिलेको युगमा अनुवादक र अनुवाद गर्ने उपकरणको माध्यमबाट एउटा एउटा भाषाको कुरा अर्को भाषामा रुपान्तरण गर्न सकिने हुँदा आफ्नै मातृभाषा प्रयोग गर्नु उचित हुन्छ, यसले नेपाली भाषालाइ अन्र्तर्राष्ट्रिय जगतमा समेत थप स्थापित गर्न मद्दत गर्दछ ।







डिसी नेपाल








Facebook Comment