संसदमा सत्तापक्षीय सांसदको पश्न-सरकार कहाँ छ, जिम्मेवार र वफादार बन्नु पर्दैन ?

डिसी नेपाल
२६ जेठ २०७९ ११:४७
72
Shares

काठमाडौं। प्रतिनिधि सभामा नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले सरकारलाई जनताप्रति जिम्मेवार र वफादार बन्न आग्रह गरेकी छन्। बिहीबारको प्रतिनिधि सभा बैठकको सून्य समयमा बौल्दै उनले सरकार भएको अनुभुति हुन नसकेको समेत बताइन्।

‘रोजगारीकै लागि विदेशिनु पर्ने, विप्रेषणले देश चल्ने तर उनको लागि राज्यले केही नसोच्ने। कस्तो बिडम्बना, सरकार कहाँ छ? जिम्मेवार र वफादार बन्नु पर्दैन,’ उनले भनिन्।

सांसद संग्रौलालले नयाँ शैक्षिकसत्र सुरु भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्ता पाउन नसकेको बताइन्। त्यति मात्र होइन खेती गर्नेबेला किसानहरुले मल पाउन नसकेको उनले जनाइन्।

‘महंगीले ढाड सेक्यो, नागरिकलाई बाँच्ने आधार छैन। फोहोरमाथि राजनीति हुन्छ, ढुंगामुढा हुन्छ स्वच्छ वातावरण छैन । हत्या, हिंसा, बलात्कारले अस्मिता लुटिन्छ, न्याय पाउने आशा छैन,’ सांसद संग्रौलाले भनिन्।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.