एशियाकै पुरानो सेना नेपाली सेनासँग सहकार्य गर्दा गर्व महसुस भएको छ : अमेरिकी सेनापति
काठमाडौं। अमेरिकी सेनाको प्रशान्त क्षेत्रका सेनापति चाल्र्स फ्लिनले नेपाली सेनाको ऐतिहासिकता र यसको शक्तिको प्रसंसा गरेका छन्।
नेपाली सेनासहित विश्वका सैनिक अधिकृत अध्ययनरत रहेको नेपाली सेनाको शिवपुरीस्थित स्टाफ कलेजमा अध्ययनरत सैनिक अधिकृतहरुलाई जेठ २९ गते आइतवार सम्बोधन गर्दै उनले नेपाली सेनालाई एशियाकै सबैभन्दा पुरानो सेना भएको बताएका छन्।
अढाइ सयबर्षभन्दा लामो इतिहास भएको देशको सेनाको हैसियतमा सेनापति फ्लिनले नेपाली सेनालाई एशियाकै सबैभन्दा पुरानो सेना भनेका हुन्। समाचारअनुसार, उनले यस्तो पुरानो सेनासंग सहकार्य गर्न पाउंदा अमेरिकी सेनाले गर्व गरेको बताएका थिए। उनले नेपाली सेनालाई ल्याण्ड पावर भन्दै विश्व शान्तिका लागि नेपाली सेनाले खेलेको भूमिकाको पनि प्रसंसा गरेका थिए।

सैनिक अधिकृतहरुसँगको अन्तक्र्रियापछि उनले स्टाफ कलेज शिवपुरीको कक्षमा लाली गुराँस फूलको बोट रोपेका थिए। सो विरुवा ढकमक्क फुलेको समयमा अर्को बर्ष परिवारसहित नेपाल भ्रमण गर्नका लागि नेपाली सेनाका सेनापति प्रभुराम शर्माले जनरल फ्लिनलाई निम्तो समेत गरेका छन्।
अमेरिकी सेनाका प्रशान्त क्षेत्रका कमाण्डर फ्लिनले नेपाली सेनाको प्रसंसा गर्दै सहकार्यप्रति अमेरिकी सेनाले गौरव महसुस गरेको कुरा जेठ २७ गते फोहोरा दरबारमा आयोजित एक विशेष कार्यक्रममा पनि बताएका थिए।
अमेरिकी सैनिक विश्वविद्यालयहरुबाट अध्ययन गरी फर्किएका सैनिक अधिकृत तथा अन्य व्यक्तित्वहरुमाझ उनले नेपाली सेनाले विश्व शान्तिका लागि खेलेको भूमिकाको मुक्त कण्ठले प्रसंसा गरेका थिए।







डिसी नेपाल








Facebook Comment