एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठबीच के विषयमा छलफल भयो?

डिसी नेपाल
३० जेठ २०७९ १३:१४
648
Shares

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच आइतबार दुई घण्टा छलफल भएको छ। माओवादी केन्द्रका नेता श्रेष्ठ ओलीलाई भेट्न बालकोट पुगेका थिए।

सो भेटमा दुई नेताबीच नेपालको भूराजनीतिक परिस्थितिलगायतका विषयमा छलफल भएको बताइएको छ। पछिल्लो पटक सरकारले उत्तरी छिमेकी मुलुक चीनप्रति कठोर नीति दिएको भन्दै एमाले अध्यक्ष ओलीले संसदमा खबरदारीसमेत गरेका थिए। त्यसको केही समयपछि माओवादी नेता श्रेष्ठले राष्ट्रियसभामा ओलीसँगै मिल्दोजुल्दो भाषण गरेका थिए।

एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार दुई नेताबीच नेपालको परराष्ट्र नीति, असंलग्न परराष्ट्र नीति र एउटा छिमेकीका विरुद्ध नेपालको भूमि प्रयोग हुने त होइन भन्ने लगायतका विषयमा छलफल भएको थियो।

स्रोतका अनुसार दुई नेताबीचको छलफलमा बामगठबन्धन वा बाम आन्दोलनका विषयमा कुनै छलफल भएन। बरु पछिल्लो समय सरकार एक चीन नीतिबाट पछि हट्न खोजनेको त होइन भन्ने संशय पैदा भएको र कतै नेपालको भूमि चीन विरुद्ध प्रयोग हुने होइन भन्ने विषयमा गम्भीर छलफल भएको थियो।

माओवादी नेता श्रेष्ठ संसदबाट एमसीसी पारित गर्न नहुने पक्षमा थिए। उनी एमसीसीको विरोधी नेतासमेत हुन्। एमसीसी पारित भएपनि नेपालमा अमेरिकी गतिविधि बढेको भन्दै नेता श्रेष्ठले ओली समक्ष गुनासो गरेका थिए।

‘नेपालले एक चीन नीति लिएको छ। नेपालले चीन र तिब्बतलाई छुट्टछुट्टै देश मान्दैन छ। तर अमेरिकाको तिब्बत मामिला मन्त्री आएर तिब्बती शरणार्थी शिविरको भ्रमण हुन्छ, अहिले फेरि स्टेट पार्टनशीप प्रोग्राममा हस्ताक्षर गर्ने कुरा आएको छ। यस्तो बेलामा संसदको ठूलो दलले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्यो,’ ओलीसँग श्रेष्ठले भनेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

सरकारका गतिविधि संविधानले परिकल्पना गरेको विधिसँग मेल नखाने भन्दै उत्तरी छिमेकी चीन विरुद्ध नेपाली भूमि प्रयोग हुनेमा दुवै नेताले चिन्ता जनाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.