प्रदेश सरकारले केही गर्न सकेन: मुख्यमन्त्री राउत

डिसी नेपाल
१ असार २०७९ ७:४२
32
Shares

महोत्तरी। मधेस प्रदेशका मुख्यमन्त्री लालबहादुर राउतले प्रदेश सरकारले केही गर्न नसकेको स्वीकारेका छन् ।

केही गर्न नसक्नुको कारण सरकारको पाँच वर्षे कार्यकाल सिक्ने र नियमावली बनाउने गर्दा नै बितेको हुँदा स्वरोजगारदेखि जतताको समस्या समाधान गर्न नसकेको मुख्यमन्त्री राउतले बताए ।

‘युवाहरूलाई उधमशील बनाएर स्वरोजगार तथा वैदेशिक पलायनलाई रोक्नुपर्ने हो तर मधेस प्रदेशमा नै सबैभन्दा बढी युवा पलायन भएका छन्’, नेपाल चेम्बर्स अफ कमर्स महोत्तरीले आयोजना गरेको कार्यक्रममा उनले भने ।

सङ्‍घीय सरकारको हस्तक्षेपका कारण पनि काम गर्न नसकिएको पनि उनले गुनासो गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.