बजेटले सबै क्षेत्र समेटेको छः अष्टलक्ष्मी शाक्य

डिसी नेपाल
१ असार २०७९ २२:०१
100
Shares

हेटौँडा । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशले ल्याएको बजेटले सबै क्षेत्र समेटेको बताएकी छन् ।

बजेट प्रस्तुतपछि प्रतिक्रिया दिने क्रममा उनले बजेटले सबै क्षेत्र समेटेको तर कार्यान्वयन गर्न भने समस्या हुने बताइन् । ठूलो आकारको बजेट र सबै क्षेत्र समेटिएको भए पनि प्रदेश सरकारको काम गर्ने समय नै कम भएका कारण कार्यान्वयन हुन कठिन पर्ने उनको तर्क छ ।

उनले भनिन्, “अब पाँच\सात महिना बाँकी छ सबै क्षेत्रमा काम गर्छु भनेको छ समय छैन कसरी सम्भव हुन्छ ।” यद्यपि बजेट भने राम्रो भएको उनको भनाइ छ ।

नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले प्रस्तुत बजेटले प्रदेशको मुहार फेर्ने बताए । शिक्षा, स्वास्थ्य, रोजगार, कृषिलगायतका क्षेत्रमा बजेटले सम्बोधन गरेको उनको भनाइ छ ।

उनले भने, “स्वास्थ्य, शिक्षासँगै प्रदेशको राजधानी चक्रपथ र प्रदेशको चक्रपथसमेतको बजेट समेटिएकाले हालको बजेट गाउँमुखी काममुखी भएकाले लक्ष्य हासिल गर्नेछ ।”

विवेकशील साझा पार्टीका सांसद रमेश पौड्यालले प्रस्तुत बजेटमा त्रुटि भएको बताए । उनका अनुसार प्रदेशको निम्न आय भएको जनतालाई बजेटले नछोएको बताए ।

त्यसैगरी रोजगारीका लागि ठोस कुरा नआएको उनले बताए । साथै नेकपा (माओवादी केन्द्र) ले मन्त्रालय कटौतीको कुरा गरेको भए पनि बजेट नतोकिएका कारण प्रभावकारी नभएको उनको तर्क रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.