कांग्रेस सरकारले एसपिपीबारे कुनै सम्झौता गर्दैनः नेता लेखक
काठमाडौं। नेपाली कांग्रेसका नेता रमेश लेखकले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपिपी) बारे कांग्रेस सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् ।रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणका क्रममा एसपिपी सम्झौता नगर्ने बताएका हुन्। “प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणको क्रममा एसपिपी सम्झौता गर्दै हुनुहुन्छ भनेर भ्रम फैलाइएको छ, यो असत्य कुरा हो,”– नेता लेखकले भने ।
उनले वर्तमान सरकारले देशको वैदेशिक सम्बन्धका आधारभूत मान्यता र संविधानको व्यवस्थाभन्दा बाहिर गएर कुनै सम्झौता नगर्ने स्पष्ट पारे। सरकारले एसपिपी सम्झौताबारे के भइरहेको छ भन्ने बारेमा जनतामाझ ल्याउनुपर्ने उनको भनाइ थियो ।
नेता लेखकले आफ्नो पार्टी जहिले पनि परराष्ट्र नीति निर्धारण गर्दा पार्टीभित्र गम्भीर छलफल गरेर नित्कर्षमा पुग्ने गरेको उल्लेख गरे। सबै देशसँग कांग्रेसले मित्रवत र सन्तुलित सम्बन्ध कायम गर्दै आएको उनको भनाइ थियो । लेखकले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण स्वभाविक भएकाले यसबारे अनावश्यक टिकाटिप्पणी गर्न नहुने बताए।







डिसी नेपाल








Facebook Comment