भिडियो जारी गर्दै रवि लामिछानेको राजनीतिमा लाग्ने घोषणा, असार ७ मा उम्मेवारी घोषणा गर्न सक्ने (भिडियोसहित)
काठमाडौं । संचारकर्मी रवि लामिछानेले राजनीतिमा लाग्ने घोषणा गरेका छन् । आज एक भिडियो सन्देश जारी गर्दै उनले यसको घोषणा गरेका छन् । यसबारे विस्तृत जानकारी दिन आगामी असार ७ गते राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिएका छन् । यो कार्यक्रममा उनले आगामी निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।
संचार क्षेत्रमा रहेर मैले कसैको ठाँउ लिन खोजिन,बरु आफ्नो अलग्गै ठाँउ बनाउने कोशिस गरे।अब म आफ्नो आवाजलाई TV बाट संसदमा पुर्याउन चाहन्छु।म रहरले संचारकर्मी भएको हु,तर परिस्थीतिले मलाई राजनीतिज्ञ बनायो।आजबाट म पुर्णकालीन राजनीतिमा आएको छु।बाँकि असार ७ गते, १ बजे राष्ट्रिय सभागृह। pic.twitter.com/IIX8GOIKZf
— Rabi Lamichhane (@hamrorabi) June 16, 2022
ग्यालेक्सी फोरके टेलिभिजनमा सिधा कुरा कार्यक्रम चलाउँदै आएका उनले यो कार्यक्रम नयाँ पुस्तालाई हस्तान्तरण गरेर आफू राजनीतिको नयाँ पुस्ता बन्न लागेको बताएका छन् । उनले बिहीबारदेखि लागू हुनेगरी टेलिभिजन समेत छोडेका छन्। राजनीतिमा लाग्ने घोषणा गरेका लामिछानेले कुनै दलमा आवद्ध हुन्छन्, नयाँ दल खोल्छन् वा स्वतन्त्र उम्मेदवारी दिन्छन् भन्ने प्रस्ट छैन ।







डिसी नेपाल








Facebook Comment