सामाजिक सञ्जालमा केटा फसाउने र ब्ल्याकमेल गरेर पैसा असुल्ने गिरोह पक्राउ

डिसी नेपाल
३ असार २०७९ १८:४७
4.7k
Shares

काठमाडौं । विभिन्न व्यक्तिहरुलाई प्रलोभन देखाएर ठगी गर्ने एक गिरोह पक्राउ परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले काठमाडौका विभिन्न भागबाट स्थानमा ६ जनालाई पक्राउ गरेको हो ।

उनीहरुले अपराधिक लाभ लिन खोजेको र अपराधिक लाभका लागि केही युवतीहरु समेत प्रयोग गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा युवतीहरु समेत रहेका छन् । महाशाखाले दुई युवतीसहित चार जना युवालाई पक्राउ गरेको छ ।

प्रहरीले सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीया निकिता केसी काभ्रेपलान्चोक घर भइ हाल पेप्सिकोला बस्ने १८ वर्षीया मनिषा परियार, हलेसी–७, खोटाङका ३२ वर्षीय डिक बहादुर शर्मा, इटहरी–७ सुनसरी घर भइ काठमाडौंको तारकेश्व बस्ने वर्ष ३० को सन्जिब दर्जी र मेलुङ–५, दोलखा घर भइ हाल नख्खिपोट बस्ने २५ वर्षको निमा लामा तथा सोही स्थानको वर्ष ३० को पासाङ लामालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सो समूहले केटीहरुको समूहलाई सामाजिक सञ्जाल मार्फत परिचालन गरेर सुरुमा फोनको आदान–प्रदान गरी सम्पर्क समन्वय गरी मानिसहरुलाई परिवन्दमा पार्ने गरेका थिए । त्यसपछि पुरुष व्यक्तिहरुलाई प्रत्यक्ष भेटघाट गरेर झट्ठा मुद्दा लगाएर फसाई दिने भन्दै पीडितलाई दबाबमूलक ढंगले डर, धम्की तथा त्रास देखाई ब्ल्याकमेल गर्न सुरु गरी आर्थिक लाभ लिने गरेको पनि प्रहरीले जनाएको छ । आर्थिक लाभका लागि युवतीहरुले नक्कली आफन्त, वकिल, पत्रकार खडा गरी रकम असुल गर्ने गरेको पनि प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.