पहिरोको कारण आज यी सडक छन् अवरुद्ध

डिसी नेपाल
५ असार २०७९ १४:२३
168
Shares

काठमाडौं। सिन्धुली, लमजुङ र तनहुँको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ अक्करे भिरस्थित सडकमा शनिबार राति पहिरो जाँदा सडक अवरोध भएको छ।

सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट हैवारबेशीबाट खटिएको प्रहरी टोलीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ।

लमजुङको बेशिसहर नगरपालिका–१ उदिपुरस्थित सडकमा आइतबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ। अस्थाई प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।

तनहुँको भानु नगरपालिका–८ बलिफाँटस्थित सडक वर्षाको कारण आइतबार बिहान भासिँदा सडक अवरोध भएको छ। सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.