काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम यस्तो छ (पूर्णपाठ)

डिसी नेपाल
५ असार २०७९ १९:०५
84
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९\८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार महानगरका प्रमुख बालेन्द्र शाहले महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

काठमाडौं महानगरपालिकाका सबै विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय नेपाल भाषाको पाठ्यक्रम अनुरुप पठनपाठन गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ । महानगरपालिकामा कर तिरेका करदाताहरुको स्वास्थ्य बिमा गर्न आबश्यक प्रबन्ध मिलाइनेछ ्र बिमा शुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने महानगरका प्रमुख शाहले बताए।

यस्तै महानगरक्षेत्र भित्रका डबलीहरुको पुनर्स्थापना र एम्पी थियटर निर्माण गरिने भएको छ । नेवाः समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई आवश्यक कानुनी प्रकिया पुरा गरी अन्तराष्ट्रियस्तरमा परिचित गर्न पहल गरिने, बिभिन्न जात्रा, पर्वहरुलाई अन्तराष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रबर्धन गरिने शाहले बताए।

‘सांस्कृतिक सहर समृद्ध महानगर’ को नारा महानगरको नीति कार्यक्रममा अघि सारिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.