रामकुमारी झाँक्रीको त्यो हाँसो, यो रोदन
काठमाडौं। शहरी विकास मन्त्रालय सिंहदरवारबाट आइतबार बिदा हुँदै गर्दा रामकुमारी झाँक्रीको रोदनले सामाजिक संजाल र सञ्चार माध्यममा निकै चर्चा पायो । आफ्नो कार्यकाल सकाएर जान लाग्दा आयोजना गरिएको पत्रकार सम्मेलनमा झाँक्री भाव विह्वल हुँदै प्रस्तुत भएको दृश्यले उनीमाथि नै अनेकौं तवरले ब्याखा र टिप्पणी भएको छ।
पछिल्लो समय नेपालको राजनीतिमा मौलाउँदै गएको पद प्रतिष्ठाको लागि जे पनि गर्न पछि नपर्ने प्रवृत्तिको द्योतकको रुपमा उनको रोदनलाई कतिपयले लिएका छन्।
एकीकृत समाजवादीले गत जेठ २२ गते नै सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
सो पार्टीलाई उक्त निर्णय कार्यान्वयन गर्न निकै सकस पर्यो। मन्त्री परिवर्तनको बिषयलामो समयसम्म पार्टी भित्र अन्तरकलह गरायो। अन्तत पार्टीको निर्णय मान्न मन्त्रीहरु बाध्य भएर आइतबार पद त्याग गरे। बहालवाला मन्त्री र पार्टीले सिफारिस गरेका मन्त्रीबीच जुहारी नै चल्यो। अध्यक्ष माधव नेपाललाई पार्टीको निर्णय कार्यान्वयन गराउन निकै चुनौतीपूर्ण रह्यो।
अन्ततः आइतबार मन्त्रालयबाट बाहिरिँदै गर्दा सामाजिक संजालमा झाँक्रीको उक्त रोदनलाई लिएरु अनेकौ टिका टिप्पणी हुन थालेको छ। कतिपयले उनको पदलोलुपता भन्दै आलोचना गरेका छन् भने कतिपयले मन्त्री पदको लागि यत्रो आशक्ति भन्दै उनीप्रति कटाक्ष गरिरहेका छन्।
उनको मन्त्रीबाट बहिर्गमनलाई लिएर पूर्वराजाको राजगद्दी त्यागलाई समेत जोडेर सामाजिक संजालमा चर्चा हुन थालेको छ। आजभन्दा करिव दुई दशक पहिले २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएसँगै २४० वर्षको आफ्नो ऐतिहासिक विरासत्लाई तिलाञ्जली दिएर नारायणहिटी दरवार त्यागेका पूर्वराजा कत्ति पनि विचलित नभइ दरवार त्यागेका थिए।
उनका पुर्खाहरुले परावूर्वकालदेखि शासन गर्दै आएको सर्वाधिकार सम्पन्न राजकीय सत्ता त्यो पनि राजकाज त्यागेर हिँड्नुपर्दा पूर्वराजालाई पनि कम पीडा भएको थिएन होला। तर, उनले त्यो पीडा सार्वजनिक मञ्चमा प्रकट हुन दिएका थिएनन्।
उनी पनि पत्रकार सम्मेलन गरेर नै दरवार त्यागेका थिए। आइतबार रामकुमारी झाँक्रीको पार्टीले ६ महिनाको लागि भनेर सरकारमा गएकी उनी भने सरकारबाट बहिरिनुको पीडा उनको रुवाइमा प्रकट भएको थियो।
शाही शासनकालमा राजाको कदमका विरुद्ध सडक मोर्चा समहालेकी झाँक्रीलाई साहसी नेतृको रुपमा चिनिन्थ्यो।
एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व गरेर राजनीतिमा आएकी उनी केपी आलीको प्रधानमन्त्रीत्वकालमा गरिएको संसद बिघटनको विरुद्धमा काठमाडौंमा आयाेजित विरोध कार्यक्रममा मुखमा टेप लगाएर मञ्चमा पुगि बोलन पाइन्छ भन्दै टेप फ्याकेर मञ्चमा उत्रिउको दृश्य समेत निकै भाइरल भएको थियो।
तर यीनै २०६२/६३ को जनआनदोलन ताका सडक मोर्चा सम्हालेकी झाँक्रीको आइतबार मन्त्रालयमा देखाएको अनौठो दृश्यले उनको मन्त्री पदप्रतिको मोह प्रकट भएको छ।
तत्कालीन राजा ज्ञानेन्द्र आफ्नो पुर्खा देखिको शाह बंश परम्परा नै परित्याग गरि सामान्य नागरिक बनेर बसिरहँदा आफू जनताको लागि राजनीति गर्ने भनिएको नेताहरुको पदप्रतिको यस्तो मोहले जनतामा नकारात्मक प्रभाव पर्ने राजनीतिक विश्लेषहरुको भनाइ छ।
त्यसो त झाँक्री मन्त्री बनेर मन्त्रालयमा पद बहाल गर्दा उनको हाउभाव अस्वभाविक देखिन्थ्यो। मन्त्रीको कुर्सीमा बस्दै गर्दा उनको हाँसो रोकिएको थिएन। मन्त्रीबाट बहिर्गमन भएसँगै उनको सो हाँसो रोदनमा परिणत भयो।
नेपाली राजनीतिमा देखिएको गलत संस्कार प्रवृत्तिको पुनरावृत्ति मन्त्री झाँक्रीले पत्रकार सम्मलेन देखाइन्। पदप्रतिको आशक्ति र राजकीय पदमा रहिरहने उनको चाहना सायद रोदनमा प्रकट भएको हुनुपर्छ।
भनिन्छ राजनीति विशुद्ध सेवा हो तर हालको सन्दर्भमा यो एक गतिलो र छिटो फस्टाउने ब्यबसायको रुपमा मैेलाएको छ। छिटो छरितो र कम मेहनतले आर्थिक उपार्जन गर्ने माध्यम राजनीति भएको आम मानिसले बोध गर्ने गर्दछन् ।
६ /६ महिनामा मन्त्री परिवर्तन गरेर एकीकृत समाजवादीले सबैको पालो पुर्याउँदै छ। गत साल भदौमा एमालेबाट बिभाजित भएर बनेको उक्त दलले अझै राजनीतिक आकार भने ग्रहण गरिसकेको छैन। स्थानीय निर्वाचनमा अपेक्षाकृत सफलता हासिल गर्न नसकेको उक्त दललाई गठबन्धनको सहारा लिन परिरहेको छ।
नेपालको राजनीतिमा सत्ता र शक्तिमा सेवकको रुपमा होइन शक्ति आर्जन गर्ने र शासकीय चरित्र दर्शाउन पद र प्रतिष्ठा प्राप्तिको होडबाजी नै देखिन्छ। राजनीतिप्रति देखिएको बितृष्णास्वरुप यसपालीको स्थानीय निर्वाचनमास्वतन्त्र उम्मेदवारहरले काठमाडौं महानगर धरान र धनगढी उपमहानगरमा विजयी हासिल गर्नु बढ्दो राजनीतिक बितृष्णाकै उपज हुन्।
गलत दिशा उन्मुख राजनीति संसकारलाई समयमै सुसंस्कृत नबनाउने हो भने अबको संघीय र प्रदेशको निर्वाचनमा हालका राजनीतिक दलहरुलाई झनै प्रत्युत्पादक हुनेछ।







डिसी नेपाल








Facebook Comment