पहिरोले डुम्रे-बेंसीशहर सडकखण्ड अवरुद्ध

डिसी नेपाल
१४ असार २०७९ १२:४४
260
Shares

लमजुङ। सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको  पहिरोले डुम्रे-बेंसीशहर  सडकखण्डअन्तर्गत उदिपुरखण्ड अवरुद्ध भएको छ।

डुम्रे-बेंसीशहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुर नजिकै देउराली डाडाको पहिरोले  सडक अवरुद्ध भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए।

उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिरोले अवरुद्ध  सडकका कारण वैकल्पिक रूपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा पहिरोले ढुङ्गा माटोसहित अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन ठप्प भएको छ।

सडकअवरुद्ध भएपछि काठमाडौँ, पोखरा, चितवनतर्फ  जाने र  बेंसीशहरतर्फ आउने सवारी साधन चल्न सकेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *