भारी वर्षाले झापा डुवानमा
झापा। भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुवानमा परेको छ। सोमबार रातिबाट आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुवानमा परेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाएका छन्।
जिल्लाका कनकाई माई, बिरिङ रतुवा, मेची, कमल, बनियानीजस्ता साना-ठूला नदीको बहाव बढेको छ। केही नदी गाउँ पसेका छन्। नदी कटान तीव्र भएकाले नदी गाउँमा पस्ने खतरा रहेको उनलदे बताए ।
‘राजमार्ग दक्षिणका अधिकांश भू-भाग ढुवानमा छ। विस्थापितको संख्या कम भए पनि हजारौं घर ढुवानमा परेका छन्,’ ढकलालले भने, ‘केही नदी बस्तीमा पर्ने खतरा छ।’
झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अधिकांश नदी बस्तीमा पस्ने खतरा रहेकाले सतर्क रहन आग्रह गरे । उनले हालसम्म गौरीगञ्ज–१ महाभारामा ४ घर विस्तापित भएको बताए। बाँकी ठाउँबाट विस्तापित भएको सूचना नआएको उनको भनाइ छ। ‘गौरीगञ्ज–१ मा चार घर विस्तापित भएका छन् । केही ठाउँमा नदीले कटान सुरु गरेको छ,’ उनले भने, ‘उद्धारका लागि सुरक्षा निकायको टोली तैनाथ राखेका छौँ।’








डिसी नेपाल






Facebook Comment