बन्दिपुरका होटल, रेष्टुरेन्टमा सालको पातको टपरी प्रयोग गरिने

डिसी नेपाल
१४ असार २०७९ १४:५०
160
Shares

तनहुँ। बन्दिपुरका होटल, रेष्टुरेन्ट र होमस्टेमा सालको पातबाट निर्मित टपरीको प्रयोग गरिने भएको छ । उत्पादित टपरीको बजारीकरणको लागि गाउँपालिकाले सहयोग गर्ने बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।

प्रयोग पश्चात टपरीलाई कम्पोष्ट मल बनाउन प्रयोग गरिने हुँदा वातावरण सफा र स्वच्छ हुने विश्वास गरिएको उनले बताए। गण्डकी प्रदेश सरकारको गरिबी निवारण उद्यमी विकास कार्यक्रममार्फत बन्दिपुर गाउँपालिका–६ को कमलबारी डाँडाछाप उद्यमी महिला विकास संस्थालाई टपरी बनाउने मेसिन हस्तान्तरण गरी तालिम प्रदान गरिएको छ ।

उक्त मेसिन रु दुई लाख १३ हजार ५०० को लागतमा खरिद गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए। मेशिनबाट टपरी बनाउने तालिमको गाउँपालिकाका अध्यक्ष थापाले शुभारम्भ गरे । सुकाएको सालको पातलाई मेसिनमा राखेपछि टपरी तयार गर्न सकिन्छ । उनले भने “सुरुमा मानिसले चार वटा पातलाई सिन्काले सिलाएर मेसिनमा राख्नुपर्छ ।” तालिममा १२ जना सहभागी छन् । उत्पादन गरिएका टपरी बन्दिपुर कोसेली घरमा राखेर पनि बिक्री वितरणको व्यवस्था मिलाइने गाउँपालिका कार्यालयले जनाएको छ ।

बन्दिपुर– २ बसपार्कस्थित टुँडिखेल चोकमा बन्दिपुर कोसेली घर निर्माण गरिएको छ । गाउँपालिकाले महिलाहरुलाई आयआर्जनतर्फ उन्मुख गराउन थालेको गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले जानकारी दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.