एसपीपीको पत्रमा टिपेक्सले मेटेर हातले मिति लेखेर अफवाह फैलाएको ओलीको आरोप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपीमा संलग्नताबारे अमेरिकी दूतावासलाई पठाएको पत्रमा रहेको मितिमा टिपेक्स लगाएर हातले लेखिएको आरोप लगाएका छन्।
मदन भण्डारी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा ओलीले एसपीपीमा सभागी हुन लेखेको पत्रमा मिति संशोधन गरिएको आरोप लगाएका हुन् । पत्र आफू प्रधानमन्त्री हुँदा नभई त्यस अघि नै पठाइसकेको हुनसक्ने उनले दाबी गरे ।
उनले भने,‘केपी ओलीको पालामा एसपीपी ल्याएको थियो भनेर अन्तर्राष्ट्रियस्तरमा पनि ढाँटिरहेका छन् । म सरकारलाई ओरिजिनल पत्र देखाऊ भन्छु ।’ उनले पत्रमा २७ अक्टोबर २०१५ को मिति भनिएपनि टिपेक्स लगाएको आरोप लगाए ।
ओलीले हातले नलेखेको पत्र देखाउन चुनौती दिए । आफ्नै पालामा पत्र लेखिएको थियो भने पनि आफूसँग कुनै सरसल्लाह र जानकारी विना लेखिएको दाबी गर्दै त्यो पत्र नै गलत रहेको बताए ।
राष्ट्रियताको सवाललाई झुक्याउने चीज बनाएको भन्दै प्रचण्डको आलोचना गरे । एमसीसीको विरोधमा कार्यकर्ता उचालेर पछि सम्झौता गरेको आरोप लगाए ।







डिसी नेपाल








Facebook Comment