विम्बल्डनको पहिलो राउण्डमै हारिन् ७ पटककी उपाधि विजेता सेरेना विलियम्स

डिसी नेपाल
१५ असार २०७९ १०:२९
56
Shares

काठमाडौं । जितसँगै एक वर्षपछि विम्बल्डनमा फर्कने सेरेना विलियम्सको सपना अधुरै रह्यो । सेरेना पहिलो चरणमै फ्रान्सकी हार्मोनी ट्यानसँग पराजित भएकी छिन् ।

महान अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स गत वर्ष एक खेलमा घाइते भएकी थिइन् । जसका कारण एक वर्षपछि फर्किएकी हुन् । झण्डै तीन घण्टासम्म चलेको खेलमा सेरेनाले ७-५, १-६, ७-६ ले हार बेहोरेकी थिइन् ।

फ्रान्सेली खेलाडी हार्मोनी टान पहिलो पटक विम्बल्डनमा खेल्दै छिन् । ४० वर्षकी सेरेना विलियम्सले पत्रकार सम्मेलनमा आफ्नो फिटनेसबारे सोधिएका प्रश्नको जवाफ दिइन् ।

सबैभन्दा ठूलो प्रश्न थियो, के यो उनको ‘अन्तिम विम्बल्डन’ हो ? यसबारे सेरेना विलियम्सले भनिन्, “यो यस्तो प्रश्न हो जसको जवाफ मैले दिन सक्दिनँ। मलाई थाहा छैन। कसलाई थाहा छ? कसलाई थाहा छ म कहाँबाट अचानक राम्रो खेल्न थाल्छु।”

सेरेना विलियम्सले सात पटक विम्बल्डन उपाधि जितेकी छिन् । तर, गत वर्ष चोट लागेपछि सेरेनाले एकल खेल खेलेकी छैनन् । तर, उनले यसै वर्ष हुने युएस ओपनको उपाधिका लागि भने खेल्ने बताएकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *