त्रिभुवन विमानस्थल अध्यागमनको सर्भर डाउन  हुँदा उडानमा ढिलाई, यात्रुलाई सास्ती

डिसी नेपाल
१५ असार २०७९ १८:०६
180
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको सर्भरमा समस्या आएपछि अन्तर्राष्ट्रियतर्फका उडान प्रभावित भएका छन् ।

बुधबार दिउँसो अध्यागमनको सर्भर डाउन भएपछि नेपालबाट भारतलगायत तेस्रो मुलुक जाने विदेशी तथा स्वदेशी यात्रु प्रस्थान कक्षमा दुई घण्टादेखि यात्रु अलपत्र परेका छन् ।

विमानस्थलको अध्यागमन कार्यालयका अनुसार विभागको सर्भरमा पटक पटक समस्या देखिँदै आएको छ । करिब दुई घण्टापछि अहिले अध्यागमनको काम सुचारु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.