गाउँ र सहर जोड्ने सडकमा पोखराको प्राथमिकता, ५५ करोड विनियोजन
पोखरा। पोखरा महानगरपालिकाका अधिकांश भूभाग ग्रामीण छन्। महानगरपालिका बन्दा नजिकका गाविसहरू गाभिएका थिए, जहाँ सडक पहुँच पुगेको छैन भने स्वास्थ्य र शिक्षा जस्ता आधारभूत पूर्वाधारसमेत पुगेका छैनन्।
पोखरा महानगरपालिकाले सुरुदेखि नै गाउँलाई सहरसँग जोड्नका लागि पूर्वाधारको काम गरिरहेको छ। नयाँ बजेटबाट कनेक्टिङ सडक निर्माणलाई झन् बढी प्राथमिकतामा राखिएको छ।
‘समुन्नत पर्यटकीय पोखराको दीर्घकालीन सोच पूरा गर्न पर्यटन, पूर्वाधारको निर्माण गर्न, सहर र गाउँ जोड्ने कनेक्टिङ सडक सम्पन्न गर्न र सहरी सडकको मर्मतलाई प्राथमिकता दिइएको छ,’ नयाँ बजेटमा भनिएको छ, ‘चालू वर्षमा सुरु भएका विभिन्न सडकलाई पूरा गर्ने गरी बजेट छुट्याइएको छ।’
चालू वर्षमा सुरु भएका १५ वटा कनेक्टिङ सडक, १० वटा सहरी सडक र १५ वटा ग्रामीण सडकलाई क्रमागत योजनाका रूपमा काम गर्न ५५ करोड विनियोजन गरिएको छ।
यस्तै, सहरी क्षेत्रको खाल्डा पुर्ने कामका लागि १५ करोड छुट्याइएको छ भने तालचोकदेखि बेगनास खण्डको स्तरोन्नति पूरा गर्ने महानगरका मेयर धनराज आचार्यले बताए।







डिसी नेपाल








Facebook Comment